हाम्रो बारेमा

सहकारीलाई प्रविधिसँग जोड्ने एक सरल, सुरक्षित र साझा डिजिटल प्लेट्फर्म।

हाम्रो भिजन

“डिजिटल रूपमा सशक्त सहकारी इको प्रणाली”

हाम्रो मिसन

“सहकारीहरूलाई साझा प्रविधिको फाइदा उठाउन मद्दत गर्न पहुँचयोग्य र प्रतिस्पर्धात्मक समाधान निर्माण गर्ने”

हाम्रो बारेमा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कुन) बचत तथा ऋण सहकारीहरुको केन्द्रीय बिषयगत संघको रुपमा बि .सं . २०४५ साल श्रावण ३२गते स्थापना भई बचत तथा ऋण सहकारी संस्थाहरुको जागरण, प्रवद्र्धन, विकास, सवलीकरण, व्यवसायिकीकरण, स्तरीकरण एवम् एकीकृत साकोससञ्जाल निर्माण मार्फत सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिरुपान्तरणका लागि निरन्तर क्रियाशील रहि आएको छ । संघमा हालसम्म प्रत्यक्षरुपमा ४,५०० प्रारम्भिक संस्थाहरु तथा प्रदेश एवम् जिल्ला बचत संघहरु मार्फत ६,५०० भन्दा बढि बचत तथा ऋण सहकारीहरु गरी ११,००० भन्दा बढी बचत तथाऋण सहकारीहरुको दर्बिलो साझा सञ्जालको रुपमा स्थापित बनेको छ ।

३५ लाख भन्दा बढी व्यक्तिगत सदस्यहरु आबद्ध सहकारी सञ्जाल सहकारी मुल्य, मान्यता तथा सिद्धान्तमा आधारित भइ सदस्यहरुकोजिवनस्तर उकास्न निरन्तर सक्रीय रहेकोछ । देशका हरेक कुनाकाप्चामा पहुँच पुगेको सञ्जालले बचत तथा ऋण सहकारीको जागरण, प्रबद्र्धन, विकास तथा सञ्जालिकरणका लागि आधारशिला, जोखिममा आधारित साकोस सुपरिवेक्षण, पूर्ण तथा व्यवसायिक साकोसविकास कार्यक्रम, उत्कृष्ट सेवा तथा सुरक्षाको लागि सर्वोत्तम छनौट(एक्सेस), स्थिरीकरण कोष, प्रमाणीकृत तालिम तथा शिक्षाकाकार्यक्रमहरु र अन्तरलगानी मार्फत बचत तथा ऋण सहकारीहरुलाई केन्द्रीय तरलता सुबिधा सहितका वित्तीय तथा गैह्रवित्तीय सेवाहरुप्रवाह गर्दै बचत तथा ऋण सहकारी अभियानमा नेतृत्वदायी भुमीका निर्वाह गरिरहेको छ ।

RARA Labs एक कम्पनी हो जसले तपाईंको व्यवसायको आवश्यकता अनुसार उच्च गुणस्तरको डिजिटल उत्पादनहरू बनाउँछ। हामीले एउटा एस्तो प्रणाली सेटअप गरेका छौ जुन योजना बनाउन, चराण निर्माण गर्न र किफायती मूल्यमा उच्च गुणस्तरको काम दिना सक्षम छ।

NEOSYS सक्कोस को लागि ERP सफ्टवेयर बनाउने कम्पनी हो जस्ले यसलाई बेच्ने, सपोर्ट गर्ने र अपग्रेड गर्ने गर्दछ। मिरा NEFSCUN र Rara Labs को सहकार्यमा बनाइएको यस्तै एक सफ्टवेर हो।

नेफस्कुन, रारा डिजिटल ल्याब प्रालि र नियोसिस टेक्नोलोजी प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ ।

हाम्रो लक्ष्य

  • सहकारीद्वारा आवश्यक सामान्य र स्वीकार्य डिजिटल उत्पादनहरू उपलब्ध गराउन
  • सहकारीहरु बिच साझा डिजिटल प्लेटफर्म निर्माण गर्न
  • सहकारीहरु बिच डिजिटल समावेशीता वृद्धि गर्न
  • डिजिटल उत्पादनहरूको गोपनीयता, सुरक्षा र दिगोपन सुनिश्चित गर्न
  • तथ्यांकको मूल्य अनलक गर्न सहकारीलाई सहयोग गर्न
  • समावेशीता बढाएर जनताको जीविकोपार्जनमा सुधार गर्ने
  • डिजिटल अनावश्यक सामग्री कम गर्न
  • हरित अर्थतन्त्र प्रवर्द्धन गर्न
  • सहकारीमा पारदर्शिता र सुशासन प्रवर्द्धन गर्न
  • प्रविधिमा भएको प्रगतिलाई अँगाल्न
  • वित्तीय सेवा उन्मुख व्यवसाय बनाउन