सहकारीलाई प्रविधिसँग जोड्ने एक सरल, सुरक्षित र साझा डिजिटल प्लेट्फर्म
मिरा एक क्लाउड प्लेट्फर्म हो जस्ले हरेक तहमा रहेको सहकारीको प्राविधिक आवस्यकताहरुलाई समेट्ने गरी समाधान गर्छ ।यो एक स्वतन्त्र प्लेटफर्म हो जुन पूर्ण रूपमा सुसज्जित छ र यसमा सहकारीको हरेक आवश्यकताहरू पूरा गर्ने मिल्दो अनुप्रयोगहरू जस्तै कोर बैंकिङ प्रणाली, लेखा प्रणाली, सदस्य र सेयर व्यवस्थापन, मौज्दात व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, कागजात व्यवस्थापन, आदि समावेश छन्।
मिरामा तपाईले आफ्नो सहकारीलाई आवश्यक पर्ने सबै सेवाहरू एउटै प्लेटफर्ममा प्राप्त गर्न सक्नुहुन्छ।आजै आफ्नो सहकारीको डिजिटल क्षमता पूर्ण रूपमा अनलक गर्नुहोस्।
नेपाली समुदायमा ढिकुटी, परमा र धर्म भाकरी भनेर चिनिने अन्न बचत र श्रम आदान प्रदान प्रणाली लगायत अनौपचारिक सहकारीहरूको लामो सांस्कृतिक परम्परा छ।